


काठमाडौं। बंगालको खाडीमा विकास भएको चक्रवात ‘मोन्था’ कमजोर भए पनि पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा कायम छ।
बिज्ञापन


यस कारण आज बिहानदेखि कोशी, बागमती र गण्डकीका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, मधेश र बागमतीमा बदली रहने र कोशीको केही स्थान तथा मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहनेछ।


