


काभ्रे — चौरीदेउराली गाउँपालिका वडा नं. ७ स्थित सिर्जनशील जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। अस्ट्रेलियाबाट एनआरएन (NRNA) की एनसीसी सदस्य अवानी पौडेलको सहयोगमा विद्यार्थीहरूलाई न्यानो स्वेटर वितरण गरिएको हो।


कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य नबिना लामा, चौरीदेउराली गाउँपालिका कमिटीका अध्यक्ष बलराम ढुंगाना, समाजसेवी सिताराम घिमिरे, विद्यालयका शिक्षक–शिक्षिका र अभिभावकहरूको उपस्थिति रहेको थियो।

सहयोगी अवानी पौडेलले भनिन्, “देश बाहिर रहे पनि गाउँघरका बालबालिकाको मुहारमा खुसी ल्याउन पाउँदा हर्ष लागेको छ। सानो सहयोगले उनीहरूमा आत्मबल र पढाइप्रति रुचि बढोस् भन्ने मेरो चाहना हो।”
नेकपा एमालेकी केन्द्रीय सदस्य नबिना लामाले भनिन्,
“विदेशमा रहेर पनि समाजका लागि सोच्ने युवापुस्ताले उदाहरणीय कार्य गरेका छन्। यस्ता सकारात्मक पहलले हाम्रो समाजमा सहकार्य र मानवीयता अझ बढाउनेछ।”
त्यसैगरी चौरीदेउराली गाउँपालिका कमिटीका अध्यक्ष बलराम ढुंगानाले भने, “समाजमा सहयोग र सेवा गर्ने संस्कार बलियो बनाउन यस्ता अभियान आवश्यक छन्। विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गर्नु मानवीयतापूर्ण र प्रेरणादायी काम हो।”
विद्यालयका प्रधानाध्यापक रविन गौतमले सहयोगीहरू प्रति धन्यवाद व्यक्त गर्दै भने “विद्यार्थीको खुसी नै हाम्रो प्रेरणा हो। भविष्यमा पनि विद्यालयप्रतिको माया र सहयोग यस्तै निरन्तर रहोस् भन्ने हाम्रो अपेक्षा छ।”



