सिद्धार्थ स्कुल तथा कलेजको चाडपर्व विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

सिद्धार्थ स्कुल तथा कलेजको चाडपर्व विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

काभ्रे — सिद्धार्थ मावि तथा कलेजले चाडपर्व विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

बिज्ञापन

कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको थियो। जिल्ला कै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित सिद्धार्थ मावि तथा कलेजले विगतका वर्षहरूमा निरन्तर उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै आएको छ।

कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालयका प्राचार्य गुञ्जप्रसाद लुइँटेलले शुभकामना मन्तव्य दिँदै विद्यालयले प्राप्त गर्दै आएको शैक्षिक उपलब्धिलाई अझ उच्च स्तरमा पु-याउने प्रतिबद्धता व्यक्त गरे।

सांस्कृतिक कार्यक्रमका क्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गीत र नाटक प्रस्तुत गरेका थिए। विद्यालयका उप–प्रधानाध्यापक (Vice Principal) सुधिर न्यौपानले कार्यक्रमको सञ्चालन गरेका थिए।