

काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् ।


शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।



सातौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै “आजका बालबालिका नै भोलीको देशको नेतृत्व हुन्। यस्ता कार्यक्रमले उनीहरूलाई सिर्जनशील, जिम्मेवार र आत्मनिर्भर बनाउन प्रेरणा दिन्छ। यो केवल प्रतियोगिता नभई एक व्यक्तित्व विकासको प्रयोगशाला हो।” जिल्लामा राम्रो उत्कृष्ट कार्यक्रम गर्न अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुलाई विशेष धन्यवाद दिइएका थिए ।
कार्यक्रममा “उत्कृष्ट युवा पत्रकारको रूपमा अरविन्द्र गौतमलाई सम्मान गरिएको थियो। साथै, सामाजिक उत्कृष्ट संस्थाको रूपमा आर्सु स्मृति प्रतिष्ठानलाई सम्मान गरिएको छ।”
प्रतियोगितामा श्रेयस अधिकारी जुनियर केटा तर्फको शीर्ष उपाधि चुम्दा जुनियर केटी तर्फको शीर्ष उपाधि स्वस्तिश्री रन्जितकार हात पारिन् । त्यस्तै सिनियर केटातर्फ समर ढुङ्गेल र सिनियर केटीतर्फ नेरिया गोक्षे शीर्ष बिजेता घोषित भए ।
कार्यक्रममा जुनियर केटातर्फ फष्ट रनर अप इयान जंग थापा र सेकेन्ड रनर अप इभान मानन्धर घोषित हुँदा जुनियर केटीतर्फ सायना सिग्देल फष्ट रनर अप र आरुषी ढकाल सेकेन्ड रनरअप भए । त्यस्तै सिनियर केटातर्फ इभान कार्की फष्ट रनर अप, विभान घिमिरे सेकेन्ड रनर अप घोषित हुँदा सिनियर केटीतर्फ रुनिशा मानन्धर फष्ट रनर अप र सायना रंजित सेकेन्ड रनर अप भए ।
निर्णायकले मैदानमा उत्रिए पछि नतिजा जे पनि हुन सक्छ नजिते पनि केहि कुरा सिक्छु भनेर अगाडि बढन सबै बालबालिकाहरु लाई अनुरोध गर्नु भएको थियो । लाइट, साउड सिस्टम, स्टेज अन्तर्राष्ट्रिय प्रतियोगिताको तरिकाले बनाइएको थियो ।
कार्यक्रममा सबै बालबालिकाको अभिभावकले ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५´ को प्रशनसा गरेका थिए । अन्तरास्ट्रिय स्तरमा गरिने कार्यक्रम काभ्रे जिल्लाको बनेपामा हुनु काभ्रे बासिको लागि गौरवको बिषय रहेको छ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना
म्युजिक भिडियो निर्देशक शिरीष रत्न तुलाधर, नेपाल सरकार कर अधिकृत पुनम भट्ट, काठमाडौं वर्ल्ड स्कुलका प्रोग्राम निर्देशक नयना चन्द, अतित लामा
फेशन मोडल फ़िटनेस मोडल, उद्दव खड्का सञ्चारकर्मी, निक्की महर्जन मार्केटिङ प्रमुख, वण्डर लाईन गेम जोन, अन्जन श्रेष्ठ मार्केटिङ प्रमुख योहो टिभी लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए।
विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।
प्रतियोगीको अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षण सहित फाइनल प्रतिस्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् ।
कार्यक्रममा सहभागी एक अभिभावकले भने, “हाम्रो बच्चाले पहिलो पटक यस्तो ठूलो मञ्चमा प्रस्तुति दिएको हो। उसले धेरै कुरा सिक्यो, अनि हामीलाई गर्व लागेको छ। आयोजकले राम्रो व्यवस्थापन गर्नुभयो।” “साना बालबालिकाका लागि यस्तो अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म स्थानीय तहमै पाउनु धेरै ठूलो कुरा हो। यसले उनीहरूलाई आत्मविश्वासी बनाउँछ।”
काठमाडौं वर्ल्ड स्कुलको मुख्य प्रायोजनमा एडभान्स वरल डेन्टल हस्पिटलको सह-प्रायोजनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा शीर्ष उपाधी जित्ने बिजेताहरु लाई विभिन्न अवसरहरु प्रदान गरिने भएको छ।