
महाभारत गाउँपालिका–१ निवासी २० वर्षीया रेनुका लुङ्गेलीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उनलाई गोकुले स्वास्थ्य चौकीबाट उद्धार गरिएको हो।


रेनुका लुङ्गेलीका श्रीमान् बिमल लुङ्गेलीका अनुसार सुत्केरी व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार सम्भव नभएको र अवस्था जटिल बन्दै गएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
			बिज्ञापन
			
			

उद्धारपछि रेनुका लुङ्गेलीलाई थप उपचारका लागि उपयुक्त अस्पतालमा पठाइएको छ। स्थानीय प्रशासन र स्वास्थ्यकर्मीहरूको सक्रियतामा सफल भएको उक्त उद्धार कार्यप्रति गाउँवासीहरूले आभार व्यक्त गरेका छन्।


                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          