

नेकपा एमालेले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण प्रक्रिया रोकेको छ। पोलिटब्यूरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नविकरण नभएको जानकारी दिनुभएको हो।


गत वर्षदेखि सदस्यता नविकरण भइसकेको भन्ने संगठन विभागका दावीबीच ओलीले भण्डारीको राजनीतिमा फर्किने विषयमा केन्द्रीय कमिटीको निर्णय आवश्यक रहेको भन्दै नविकरण रोकिएको जनाएका छन्।
बिज्ञापन



ओलीले भण्डारीको राजनीतिमा पुनः प्रवेश गणतन्त्रको संस्थागत विकासमा बाधक हुने धारणा राख्दै सदस्यता नविकरणबारे अन्तिम निर्णय केन्द्रीय कमिटीबाट हुने स्पष्ट पारेका छन्।
