हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। अहिले बिहान बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौ, भक्तपुर, ललितपुर लगायत जिल्लामा वर्षा भइरहेको छ।

पछिल्लो २४ घन्टामा अर्घाखाँचीमा १२१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, दूधकोसी जलाधार क्षेत्रको रबुवा बजारमा १२६.४ मिलिमिट र ओखलढुंगाको मानेभञ्ज्याङमा १०६, ओखलढुंगामै १०३ मिलिमिटर वर्षा भएको छ।

मंगलबार देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz