काठमाडौं,
असार २५ ।

माधवराज खरेलको शब्द रचना रहेको गीत ‘दूरदेखि आएँ प्रिय’ सार्वजनिक भएको छ । डेभिड शंकरको स्वर, राजेन्द्र बजगाईंको संगीत र मनोज परियारको ध्वनि संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पूजा ठकुरीले निर्देशन गरेको गीतको भिडियोमा गायक शंकरकै अभिनय छ । युदिन योञ्जनको छायांकन रहेको भिडियोमा विनोद बमको दृश्य सम्पादन र कलर छ । मूक चलचित्र ‘ढुंगे युग’का निर्देशकसमेत रहनुभएका गीतकार खरेलले थुप्रै चलचित्रको निर्देशन पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz