


काभ्रेपलान्चोक – ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका–५, मा “प्रथम खुल्ला योग आसन प्रतियोगिता” सम्पन्न भएको छ। असार ४ गते सम्पन्न उक्त कार्यक्रममा विभिन्न उमेर समूहका प्रतियोगीहरूले सहभागिता जनाएका थिए।


नेपाल योग खेलकुद संघ काभ्रेपलान्चोक जिल्ला समिति, पतञ्जली योग समितिको बागमती प्रदेश, महिला र युवा पतञ्जली समितिहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न वर्गमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियो।

प्रतियोगितामा केटा तर्फ बाट ९-१२ वर्ष उमेरमा प्रथम इमान श्रेष्ठ, केटी तर्फबाट ९- १२ वर्ष उमेरमा प्रथम सोनाम तामाङ, केटा तर्फबाट १३-१८ वर्ष उमेरमा प्रथम सजन घर्ति क्षेत्री, केटी तर्फबाट १३-१८ वर्ष उमेरमा प्रथम -प्रज्ञा गौतम, केटा तर्फबाट १९-३५ वर्ष उमेरमा प्रथम रोशन विष्ट, केटी तर्फबाट १९-३५ वर्ष उमेरमा प्रथम वाल कुमारी श्रेष्ठ, केटा तर्फबाट ३६-५० वर्ष उमेरमा प्रथम लाल बाबु ठाकुर, केटि तर्फबाट ३६-५० वर्ष उमेरमा प्रथम जानुका भट्टराई, ५१ वर्ष देखि माथी केटा कमल राज लावत, केटि शुसमा गौतम रहेका थिए भने कलात्मक प्रदर्सनमा केटा सजन घर्ती क्षेत्री, केटि तर्फबाट सम्रचना पुरी प्रथम भएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सासंद कन्चनचन्द्र बादे रहेका थिए । बादेले वागमती प्रदेश सरकाले समेत योगलाई विशेष प्राथमिकतामा राखी कार्यक्रम ल्याएको बताए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ्ग, नेपाल योग खेलकुद सघंका केन्द्रिय अध्यक्ष डा. सुर्य बहादुर कार्की, पतंजली योग समिति नेपाल बागमती प्रदेशका अध्यक्ष ग्रुबेन तौजले, जिल्ला अध्यक्ष प्रकाश कायस्थ लगाएतको सहभागिता रहेको थियो ।कार्यक्रम नेपाल योग खेलकुद सघं जिल्ला कार्यसमिति काभ्रेका अध्यक्ष राजन अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सभापति राजन अधिकारीले योग स्वास्थ्यका लागि आवश्यक रहेको र आगामी दिनमा अझ व्यापक सहभागिता गराउने लक्ष्य लिएको जानकारी गराएका छन्।


                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          