बनेपा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बनेपा नगरपालिका वडा नं.१० कमिटीको अध्यक्षमा शुशिल थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट थापाको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्विरोध चयन गरिएको हो । शनिबार बनेपा पुलबजारमा सम्पन्न दोस्रो वडा अधिवेशनबाट उपाध्यक्षमा अशोक विष्ट, सचिवमा जीवन भुजेल, उपसचिव प्रदिप राउत, उपसचिव महिलामा यशोदा खत्री निर्विरोध भएका हुन् । अधिवेशनबाट थापाको अध्यक्षतामा २१ सदस्यीय कमिटीलाई पूर्णता दिइने वडा कमिटीले जनाएको छ ।
कार्यक्रम नेकपा एमाले पोलिटव्युरो सदस्य गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य यादव थापा, अतिथिहरूमा कुमार थापा, रिता ढकाल, जिल्ला कमिटी उपसचिव रत्नकुश रञ्जितकार, बनेपा नगरकमिटी अध्यक्ष नवराज मानन्धर लगायत नेता कार्यकर्ताहरु लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी सचिव जीवन भुजेलले गरेका थिए ।