 



काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ को वडा कमिटीको बैठक चौवास डाडामा जिल्ला कमिटी सदस्य एवं वडा पार्टी कमिटी ईन्चार्ज डेग बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


वडा कमिटीका अध्यक्ष नेत्र बहादर कुँवरको अध्यक्षतामा पालिका कमिटिका पदाधिकारीहरुको उपस्थितिमा वडा कमिटीको बैठक सम्पन्न भएको हो ।

बैठकले फागुन १९ गते देखी फागुन २६ गते सम्म पुरानो साविकका वडाहरुलाई नै टोल कमिटी बनाउने निर्णय भएको छ । उक्त बैठकले जरा अभियानमा पुरानो तथा अग्रज नेताकार्यकर्तालाई सम्मान गर्दै सक्रिय बनाउने र वडाका कार्यकर्ताहरु लाई संगठित गर्दै टोल कमिटी गठन गरिने भएको छ ।
भुम्लु ४ चौबास साविक वडा नं. ५ चौबास टोलमा जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज डेग बहादुर कुँवर, वडा कमिटी अध्यक्ष नेत्र बहादुर कुँवर, पालिका कमिटी उप-सचिव शुसिला कुँवर पालिका कमिटी सदस्यहरु लगायत वडा कमिटीका सदस्यहरुको उपस्थितिमा ११ सदस्यहरु टोल कमिटी गठन गरि उक्त टोलमा रहेका समस्याहरु पहिचान सहित सम्पन्न भएको छ ।

 
                
 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          