काठमाडौं । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ मा चार विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर बालिका, बालक र सिनयर बालिका, बालक गरेर एकसाथ चार विजेता छानिएका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर बालकतर्फ अदृत कुवँर विजेता बन्दा जुनिएर बालिकाको उपाधि तोरिशा भण्डारीले हात पार्नुभयो ।

त्यस्तै, सिनियर बालकतर्फ निभर्य श्रेष्ठ विजेता घोषित हुँदा सिनियर बालिकातर्फ संस्कृति केसीले शीर्ष उपाधि हात पार्नुभयो । शीर्ष विजेता सबैले उपाधिको साथमा विभिन्न अवसरसमेत पुरस्कारको रूपमा प्राप्त गर्नुभयो ।

प्रतियोगितामा जुनियर बालकतर्फ सेकेण्ड रनरअप रुसेभ तमाङ, फष्ट रनरअप साश्वत भट्टराई छानिँदा जुनियर बालिकतर्फ दिप्ता श्रेष्ठ सेकेण्ड रनरअप र इभाना लामा फष्ट रनरअप बन्नुभयो । सिनियर बालकतर्फ भने ज्याकोब सापकोटा सेकेण्ड रनर अप, प्रनित महर्जन फष्ट रनरअप बन्दा सिनियर बालिकतर्फ इनोसी चौधरी सेकेण्ड रनरअप, रिहाना रिजाल फष्ट रनरअप विजेता बन्न सफल हुनुभयो ।

मेनका खत्री (प्राइमरी कोअडिनेटर ज्ञानोदय बालबाटिका विद्यालय), सन्तोष चापागाईं (इसिए कोअडिनेटर भ्याली भ्यु स्कुल), किरण कटुवाल (निर्देशक एलसी केटीएम एभेरेष्ट), आशिष थापा (निर्देशक आरए इभेन्ट म्यानेजमेन्ट कम्पनी), सन्ध्या नकर्मी (विकम नेपाल प्रोग्राम म्यानेजर), सवरीना मधिकर्मी (लिडर सिसिए इभेन्ट स्टुडेन्ट वेयलफेयर अक्षरा स्कुल), नीलिमा मास्के श्रेष्ठ (फाउण्डर प्रिन्सिपल ब्युटिफुल माइन्स प्रि स्कुल)लगायत निर्णायक रहेको प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो । प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गर्नुभएको थियो ।

विभिन्न आकर्षक शैलीमा बालबालिकाको स्टेज प्रस्तुतिसहित आयोजित प्रतियोगिता बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताउनुभयो । प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly