प्यारि छाेरि तिमी
आजै जस्तै लाग्छ कर्ण प्रिय तिम्रो रोदन सुनेको छिन,
अनि छातीमा टाँसेर पहिलो अंगालोमा बेरेको दिन।
तिम्रो कोमल शरीरमा स्नेह को लेप लगाएको ताते तते र कोखाई भन्दै स्वर्गीय आनन्दमा हाराएको, छुनुमुनु गर्दै तिमिले नाजुक पैतालाले मेरो काख पवित्र बनाए को,
आमा आमा भन्दै मेरो बछस्थलमा लुका मारी खेलेको ।
क ख a b c १ २ ति तिम्रा तोते बोली का उच्चरणका झन्कार हरू कति मिठास थियो तिम्रो बोली मा संगीत का सरगम हरू,
तर आज तिमी त ठूली भइसकेछौ देखता देख्दै मेरो मनले परिपक्क मान्नु पर्ने भैसकेछौ|
छोरी ले पालन गर्नु पर्ने संस्कार दिनु पर्ने बेला भएछ,
भोलि की सर्वगुण सम्पन्न नारी बनाउनु पर्ने दिन जो आएछ ।
लाग्छ मलाई किन किन आज उदाएको सूर्य न अस्तावस् ।
फेरी लाग्छ कहिले छिटो छिटो दिनहरू बितेर जाओस् ।
मन भित्रका अस्थिर मात्र कल्पनाका दोधार भित्र रुमालुदै बाँच्नुको पीडा भित्र पनि मज्जा आउँदो रहेछ ।
धेरै पर्खाइ छ मलाई त्यो छिन को, राम्रो डिग्री हासिल गरी तिम्रो टोपी लगाउने दिनको ।
स्वालम्वी कदममा तिमी उभिएको निर्भिक अनि दरिलो पाइलामा तिमी हिँडेको ।
अनि फेरी एक दिन, रातो सारीमा सितारा जडित घुम्टो भित्र तिम्रो मुहार चन्द्र झै चम्किने छ मेरो मुटुलाई कसैको हातमा सुम्पेर पराई बनाउनु छ l
त्यो दिन धन्य हुनेछु जीवनको एक कर्तव्य पूरा हुनेछ अनि मेरो मुटु म सँग नभएको हुने छ ।
दुःख त मलाई अति हुनेछ तर खुसी मनाउने छु तिम्रो सुन्दर जीवन को आशीर्वाद दिदै कन्यादान दिनेछु|
बिदा दिनेछु जाउछोरी अब खुसी भई तिमी आफ्नु जीवन बाँच।
मेरो माया र मलाई बिर्साउने मिलोस् तिमीलाई साथ ।
अनि आशीर्वाद।
तिम्रा ति निर्दोष नयन मा दुःखका आँशु कहिले नझरून्, कर्तव्य पथमा बढेका कदम सिथिल नबनुन ।
परिवार मिलोस् तिमीलाई जहाँ माया र सद्भाव वर्षा होस ,यसकृति फैलियोस् उदाहरणीय जीवन बनोस् ।
अनि म धन्य हुनेछु जीवन को एक आध्यए पूरा हुनेछ ।
कता कता सपना र चाहना पूरा हुने छ ।