साथै ऊनीहरु बाट मोवाईलको व्याट्री ६ पिस सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. ३ दुगुनागढी बस्ने पेम दोर्जे शेर्पा र जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ०७ घुमथाङ घर भई हाल भोटेकोशी गाउँपालिका वडा नं. ०२ तामाङ गाँउ बस्ने राजु थापा लाई इलाका प्रहरी कार्यलय कोदारी सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको थियो।

बरामदको थप अनुसन्धान गर्दै जाने क्रममा भन्सार कार्यालय र बि.ओ.पि. तातोपानीबाट खटिएको सशस्त्र प्रहरी बलले संयुक्त चेकजाँच गर्ने क्रममा भोटेकोशी गाउँपालिका वडा नं ५ बस्ने ग्यालछिरी तामाङ, निजको छोरा निमा फुन्जो तामाङ,निजको श्रीमति दासाङ्मु तामाङ र सोही गाउँपालिका वडा नं ४ बस्ने निजयोक तामाङको साथबाट समेत iPhone 13 pro max 256 मोबाइल ६ पिस बरामद गरी तातोपानी भन्सारमा कार्यालयद्वारा अनुसन्धान कार्य गरिरहेको छ ।

पक्राउ परेका राजु थापा र पेम दोर्जे शेर्पा यस अघि पनि अवैध रुपमा चिनिया मदिरा चिनबाट नेपाल तर्फ rewang logistics को सवारी साधनमा तस्करी गर्ने क्रममा पक्राउमा परेका थिए भने ग्यालछिरी तामाङ र निमा फुन्जो तामाङ भन्सार कार्यालयमा तोडफोड तथा कुटपिटमा संलग्न व्यक्तिहरु हुन ।

 
तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोक बाट ग्यालछिरी तामाङ, निमा फुन्जो तामाङलाई प्रति व्यक्ति २/२ लाख धरौटी खुलेको छ भने दासाङ्मु तामाङ र निजयोक तामाङलाई प्रति व्यक्ति १/१ लाख धरौटी खुलेको श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly