काठमाडाैं- राष्ट्रिय झण्डा प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले बनाएको कार्यविधिमा झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा झण्डा फेर्नुपर्ने उल्लेख छ।
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. २ ढुडामुखको पिक्निक स्पोर्ट्सको टुप्पोमा फहराइरहेको नेपाली झण्डा हेर्दा लाग्छ झण्डाको गौरव लिखितम मात्रै सिमित छ। झण्डाको मर्यादा र गरिमा व्यवहारमा पालना भएको छैन।
सैयौको आँखा पर्ने बनेपा नगरपालिका वडा नं. २ डुढामुखको शीरमै राष्ट्रिय झण्डाको अपमान हुँदा सरोकारवालाको ध्यान पुगेको छैन। धुजाधुजा परेको डुढामुख पिकनिक स्पोर्ट्समा झण्डाले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधिको धज्जी उडाएको छ।
काभ्रे प्रेसका अरबिन्द्र गौतमलाई झण्डाको बारेमा जानकारी दिन साथ आर्शु स्मृति प्रतिस्ठानको अध्यक्ष रुपेश काफ्ले, समाजिक अभियान्ता तथा समाजसेवी राजन अधिकारी सहित टोलि उक्त स्थानमा पुगि नेपालको च्यात्तिएको राष्ट्रिय झण्डा फेरिएको छ ।