काभ्रेपलान्चोक – नेपाली कांग्रेस बागमती प्रदेश वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा काभ्रेबाट नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापा र रामध्वज लामा मनोनित भएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले वैदेशिक रोजगार समन्वय विभागको सदस्यहरू मनोनित गरेका हुन् । शुक्रबार जारी विज्ञप्ति अनुसार सभापति बानियाँले विभागमा २३ जना सदस्य मनोनित गरेका छन् । विभागको प्रमुखमा बागमती नेपाली कांग्रेसको प्रदेश कार्यसमितिका सदस्य सविन तामाङ रहेका छन्।

सदस्य मनोनित हुनेमा टिका शिवाकोटी, नरेन्द्र डंगोल, टिकाराम खरेल, सुवास रानाभाट, ध्रुब अधिकारी, रामलाल नेपाल, पुष्कर पौडेल, अर्जुन ढकाल, प्रदिप खड्का, मिना पाठक, पुष्पा कुमारी पौडेल, हेमन्त फुयाल, बद्रिराम मानन्धर, समिर सुनुवार, तुलाराज थापा, विकास धिताल, नविन लामा, मिना प्रसाद दुलाल, सुरेश गोतामे, उपेन्द्र तामाङ र शिवहरि विष्ट रहेका छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly