काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीको अधिबेशन यहीँ आउदो चैत्र १७ गते बनेपा स्थित पञ्चकन्या पार्टी व्यालेसमा हुनेभएको छ। राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीको पुर्ण बैठकको निर्णय अनुसार दुई महिने संगठन निर्माण अभियान अन्तर्गत बनेपा नगर कमिटीको अधिबेशन हुने लागेको हो ।आज बसेको राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीको पुर्ण बैठकले मिलन थापालाई अधिवेशन आयोजक कमिटीको संयोजक तोकेको छ।

पार्टी प्रदेश कमिटी सदस्य कुमार तिमल्सिनाको प्रमुख आतिथ्यता, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्न कुश रंजितकारको विशिस्ट आतिथ्यता बैठक सम्पन्न भएको थियो । राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटी कोषाध्यक्ष रमेश बुढाथोकी, जिल्ला कमिटी सचिवालय सदस्य सुजन रायमाझी, जिल्ला कमिटी सदस्यहरु सगुन थापा, विवेक सेवा, उद्दव बजगाई लगाएत नगरमा आवद्ध युवा संघका नेता कर्याकर्ताको उपस्थिति रहेको थियो।

काभ्रे जिल्लाको मुटु रहेको बनेपा जनंसङ्ख्याको हिसाबले पनि करिब ६० हजार जना भन्दा बढी बसोबास गर्ने थलो भएका हिसाबले पनि अधिवेशनलाई भव्य बनाउन बनेपामा युवा संघका नेता कार्यकर्ता लागी परेको र अधिवेशनको खुला सत्रमा एक हजार युवालाई सहभागी गराउने लक्ष्य रहेको राष्ट्रिय युवा संघ नेपाल अधिवेशन आयोजक कमिटी अध्यक्ष मिलन थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly