जिल्लाको बनेपा नगरपालिका वडा नं ७ निवासी कायस्थले आफ्नो बुबा स्व. रामचन्द्र कायस्थको १६ औं वार्षिक पुण्य तिथिको अवसरमा आज जिल्लाको बनेपा नगरपालिका वडा नम्बर-३ स्थित काभ्रे भीमसेन मन्दिरलाई फलामको विश्राम गर्ने कुर्सी सहयोग गरेकी हुन् ।
बुबाको वार्षिक पुण्य तिथिको अवसरमा उनले मन्दिरमा विश्राम गर्ने कुर्सी तीन थान सहयोग गरेकी हुन् । बुबाको पुन्य तिथिको अवसरमा भीमसेन मन्दिरलाई सानो सहयोग गर्न पाउँदा खुशी प्राप्त भएको समाजसेवी कायस्थले बताईन् । कायस्थले यस अघि आफ्नो आमा/बुबाको वार्षिक पुन्य तिथिको अवसरमा जिल्लाका विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आएकी छिन् ।
आफ्नो बुबाको पुन्य तिथिको अवसरमा यस संस्थालाई सहयोग गरेर साथ दिएकोमा सहयोगी एवं समाजसेवी अनिला कायस्थप्रति काभ्रे भीमसेन मन्दिरका अध्यक्ष राजेन्द्र दाहालले कृतज्ञता व्यक्त गरिन् ।