नेपालको बायोग्यास उत्पादन क्षमताको उपयोगले धेरै सामाजिक,आर्थिक र वातावरणीय फाइदाहरू प्रदान गर्दछ। नेपालमा दिगो बायोग्यास उत्पादनलाई प्रवर्द्धन गर्नाले एलपीजी ग्यास र ठोस बायोमास प्रतिस्थापन गर्न, हरितगृह ग्यास उत्सर्जन घटाउन र भित्री वायु प्रदूषण कम गर्न मद्दत गर्न सक्छ। सस्टेनेबल डेभलपमेन्टमा प्रकाशित एक अध्ययन अनुसार नेपालका बायोग्यास नीतिहरूले नेपालभर बायोग्यास उत्पादन क्षमतामा स्थानिय भिन्नतालाई लेखा गरेर यी बहुल फाइदाहरू महसुस गर्न सक्छन्।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा सुनिल प्रसाद लोहनीका अनुसार अनुसन्धानले नेपालमा लुकेको रत्न फेला पारेको छ। त्यो भनेको फोहोरको बायोमासबाट बायोग्यास उत्पादन गर्ने क्षमता रहने गरेको छ ।विशेष गरी झापा, मोरङ, सुनसरी, सर्लाही र सप्तरी जिल्लाहरूमा बायोग्यास विकासको लागि महत्वपूर्ण सम्भावना भएको लोहनीको अध्ययनले देखाएको छ।
बायोगास उत्पादनको लागि पशुधनको मल, कृषि अवशेष,र नगरपालिकाको ठोस फोहोर प्रयोग गर्न सकिन्छ। यस्तो परिवर्तनले आयात निर्भरतामा कमी आउनुका साथै रास्ट्रको अर्थतन्त्र बलियो बनौन मद्दत गर्दछ। साथै हरियाली ऊर्जा क्षेत्र,र भित्री वायुको गुणस्तरमा सुधार ल्याउन समेत सहयोग पुराउँदछ।नेपालमा बायोग्यासको दोहनमा अपार सम्भावना छ, तर यसको सफलताको लागि फोहोर बायोमासको निरन्तर आपूर्ति सुनिश्चित गर्नु महत्त्वपूर्ण हुने डा लोहनी बताउँछन्। पूर्वाधार, फोहोर व्यवस्थापन प्रणाली, क्षेत्रीय सङ्कलन केन्द्रहरू र बायोमास एग्रीगेसन केन्द्रहरूमा लगानी महत्त्वपूर्ण हुनेछ।