जाजरकोट रुकुम पश्चिमको भुकम्प पिडितलाई तरुण दल काभ्रेको आर्थिक सहयोग

 

भक्तपुर / नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितिले जाजरकोट रुकुम पश्चिम लगायतका जिल्लाका भुकम्प पिडितलाई राहत रकम पठाएको छ ।

बिज्ञापन

काभ्रे जिल्ला कार्यसमितिले स‌ंकलन गरेको ५० हजार रुपैयाँ आज एक कार्यक्रम मार्फत नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेको नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाले जानकारी दिए । अध्यक्ष लामाले हरेक बिपतमा नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितिको तर्फबाट हरेक दु:खद समयमा सहयोग गर्दै आएकोमा जिल्ला कार्यसमिती परिवारलाई बिशेष धन्यवाद आभार ब्यक्त गर्दै ,आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे । तरुण दलले आम नागरिकको हरेक सुख दुखमा साथ साथै रहने अध्यक्ष लामाले बताए ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य स्मिता मोक्तान, दिल लामा, कमल लामा, तरुण दल काभ्रेका उप-सभापति बिजेन रन्जित, सचेत दुवाल, सचिव सुरज तिमल्सिना लगायतको उपस्थिती रहेको थियो।