काभ्रेपलान्चोक – शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा नेपाल तरुण दल बनेपा नगर कार्यसमिति र नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर कार्यसमितिको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तरुण दल बनेपा नगर कार्यसमिति र नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर कार्यसमितिको आयोजनामा सो कार्यक्रम भएको हो।

तरुण दल बनेपा नगर सभापति बिबेक बैजु र नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तरुण दल केन्द्रिय सदस्य सुधीर बैध प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथी नेपाल ट्रेड युनियन कांग्रेस काभ्रे अध्यक्ष प्रेम शर्मा वाग्ले, नेपाल शिक्षक संघ काभ्रेको अध्यक्ष सम्भु घिमिरे, नेपाली कांग्रेस काभ्रे जिल्ला सदस्य धर्म मानन्धर, नेपाल विद्यार्थी संघ काभ्रे जिल्ला सचिब संजाेग श्रेष्ठ, प्रदेश २ ख नेपाल तरुण दल प्रदेश सभापति नहकुल केसी रहेका थिए।

त्यस्तै कार्यक्रममा तरुण दल काभ्रे जिल्ला सदस्य रन बहादुर तामाङ, नेपाली कांग्रेस बनेपा नगरपालिका वडा नं. ८ को सभापति बुद्ध शरण मानन्धर, महिला नेतृ मजु घिमिरे, नेपाली कांग्रेस प्रदेश दुई ख प्रदेश उप-सभापति कुमुदा बैध लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो।


कार्यक्रममा बनेपाको १४ वटा वडा बाट गरि झण्डै ७० जना युवाहरु नेपाल तरुण दलमा प्रवेश गरेका छन । कार्यक्रममा स्वागत मन्तब्य नेपाल तरुण दल २ ख को प्रदेश सचिब रमेश सापकोटाले राख्नु भएको थियो  ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly