काभ्रेपलान्चोक – अनलाइन तीज फोटो प्रतियोगिताको पुरस्कार वितरण एवं पिकनिक कार्यक्रम आज सम्पन्न भएको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को अवसरमा कला सांस्कृति र मैलिकतालाई जगेर्ना गर्ने उदेश्यले नेपाली कांग्रेस काभ्रे सांस्कृति शाखाको आयोजनामा सम्पन्न तीज फोटो प्रतियोगितामा कविता थापा श्रेष्ठ प्रथम भएकी छन् ।

काभ्रे भरि छरिएर रहेका ८७६ जना नेपाली महिलाहरुले सहभागीता जनाएको उक्त प्रतियोगितामा कविता थापा श्रेष्ठ प्रथम भएकी हुन् ।
यस्तै तीज फोटो प्रतियोगितामा कमला गौतम हुमागाई दोश्रो भएकी छन् । आषिका श्रेष्ठ तेश्रो, रबिना रजक अधिकारी चौधौं र मञ्जु आचार्य घिमिरे पाचौं स्थान प्राप्त गरेकी छन् ।

प्रथम स्थान हाँसिल गर्ने बिजेताले १० हजारको साथै साडी, द्वितीय स्थान हाँसिलगर्ने प्रतियोगीले ८ हजार नगद र साडी साथै तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीले ६ हजार नगद र साडी प्राप्त गर्नुभएको थियो । चौथो लाई नगद ४ हजार र पाँचौ लाई नगद २ हजार प्रदान गरिएको छ । कार्यक्रममा उपस्थिति भएको मध्य बाट गोलाप्रथा गरि ९ जनालाई ड्राइभिङ निशुल्क प्रदान गरिएको थियो भने गोला प्रथा बाट नै १० जना लाई साडी प्रदान गर्नुको साथै अंकगणितीय खेल खेलाई ५ वडा साडी प्रदान गरिएको थियो ।

प्रतियोगितामा सहभागीता जनाउनका लागि नेपाली कांग्रेस काभ्रे संस्कृतिक शाखाको अफिशियल फेस्बुक पेजमा सहभागीले नाम, ठेगान र मौलिकता झल्किने फोटो माग गरिएको र प्राप्त भएका फोटोहरुलाई सहभागी न. राखेर नेपाली कांग्रेस काभ्रे संस्कृतिक शाखाको पेजमा राख्दै प्रतियोगि मध्ये जसको पोस्टमा बढी लाईक कमेन्ट आयो सोही सहभागी विजेता बन्ने प्रावधान अनुसार प्रतियोगता संचालन गरिएको नेपाली कांग्रेस काभ्रे संस्कृतिक शाखा प्रमुख रामकृष्ण पोखरेल बताउनु भयो ।

नेपाली कांग्रेस काभ्रे संस्कृतिक शाखाको प्रमुख रामकृष्ण पोखरेलको सभापतित्वमा बनेपाको पार्टी भेन्युमा सम्पन्न भएको प्रतियोगिताको नतिजा सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि पुर्व संसद तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य शिव प्रसाद हुमागाई रहनुभएको थियो भने विशिष्ट अतिथि बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामा रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व संसद हुमागाईले नेपाली दिदि बहिनीहरुलाई आफ्नो पनको आभास दिने र मौलिकता जोगाउने खालको प्रतियोगिता आयोजना गरेको भन्दै आयोजक नेपाली कांग्रेस काभ्रे संस्कृतिक शाखालाई धन्यवाद दिनुभएको थियो।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि मन्त्री तिर्थ लामाले काभ्रेली दिदिबहिनीमा आपसी भाइचारा प्रदान गर्न आयोजना गरिएको प्रतियोगिता एकदमै सफल भएको भन्दै खुसी ब्यक्त गर्नुभएको थियो।

यस्तै अतिथीहरुमा इन्द्रेणी बाट कलाकार युवराज चौलागाईं, नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमिति सभापति बिदुर बहादुर बस्नेत, रहनुभएको थियो । प्रतियोगितामा सहभागी ८७६ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो।

पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । नेपाली कांग्रेस केन्द्रिय सदस्यमा मनोनीत भएकोमा शिव हुमागाईलाई सम्मान गर्नुको साथै कार्यक्रममा सहयोग गर्ने सन्त तामाङ, निराजन जंगम, बिदुर बस्नेत, चेत लामा, सुनिल छेवाङ लामा, नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमिति, प्रेम लामा, दिपेन्द्र पौडेल, सुमन पाण्डे, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान लगायत लाई सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly