सन्तोष प्रसाद तिवारी
काठमाडौँ । काठमाडौंको चप्पल कारखाना स्थित शंखपार्कमा बृहत रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब अफ टेम्पल गणेशको आयोजनामा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंको समन्वयमा साउन २७ गते शनिबार सो कार्यक्रम भएको हो ।

कार्यक्रम बिहान ११:०० बजेदेखि बेलुका ४:०० बजेसम्म सञ्चालन हुने समाजसेवी तथा सञ्चारकर्मी राजन थापाले जानकारी दिएका छन। उक्त कार्यक्रममा अभिनेता तथा कलाकार श्रीदेव भट्टराईले पनि रक्तदान गरेका छन् ।

विभिन्न महामारीका कारण रगत अभाव भइरहेको अवस्थामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको सम्बन्धित संस्थाले जनाएको छ। खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्ने लायन्स क्लब अफ टेम्पल गणेशको अध्यक्ष अप्सरा आचार्यले सबैलाई आग्रह गरेकी थिइन् ।

 

करीब ६० जनाको सहभागितामा ४५ पाउण्ड रगत जम्मा गरिएको स्रोतले जनाएको छ। वर्षाको झरी संगै रक्तदान कार्यक्रममा सहभागिताका उपस्थिति देख्दा साच्चै नै रक्तदान जीवनदान नारा अतिउक्ति रहेको यो कार्यक्रमबाट प्रष्ट हुन्छ।

उक्त कार्यक्रममा चार्टर अध्यक्ष तथा फेलोसिप कोर्डिनेटर लायन्स बिना थापा लायन, शिबराम गौतम ( District coordinator, Blood donation ) लायन शान्ती के सी जोशि ( senior Adviso)Region Chairperson लायन जीवन महर्जन, Zone chairperson लायन कमला गुरूङ प्रधान, क्लबका अध्यक्ष लायन अप्सरा आचार्य, लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेश सचिब प्रतिमा रावल, पहिलो उपाध्य्क्ष लायन सुमन शर्मा, सचिब लायन प्रतिमा रावल, कोशाध्यक्ष लायन तृष्णा थापा, क्लब मार्केटिङ कम्युनिकेसन लायन राजन थापा साथै टेम्पल गणेश परिवार र लियो क्लबका अध्यक्ष सौरभ कटवाल सहित लियो सदस्यहरु साथै कलाकार, पत्रकार र अन्य स्थानीयहरु उपस्थितिमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly