असार सकिन लाग्दा पनि किसानले सहज रुपमा मल नपाएकोअबस्था सबैमा विद्यमान छ । मल नपाएर काभ्रेका किसानहरु संघीय कृषि मन्त्रालय सम्म पुगेर जानकारी गराएका थिए। किसानहरुले बजारमा मल नपाएर स्थानिय जनप्रतिनिधिहरुलाई  गुनासो गरिरहेकाे अबस्थामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाबाट बिचौलिया मार्फत मल बिक्रीवितरण भएको खुलेकाे छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाका कर्मचारीकाे संलग्नतामा सरस्वती कृषि सहकारी धुलिखेलका अध्यक्ष जित कर्ण श्रेष्ठले कालाे बजारी गरि ३० बाेरा मल ९० हजार रुपैयाँमा पाँचखाल पठाउन लागेको जानकारी पाए पछि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले सकृयता बढाउनु भएको छ । कृषि सामाग्री केन्द्रले एक बाेरा मलको सरकारी मूल्य २३७० निर्धारण गरेको छ। श्रेष्ठकाे सहकारीलाई साल्ट ट्रेडिङ काभ्रेलेे नियमानुसार वार्षिक ३७० बाेरा मल उपलब्ध गराउने  सम्झौता रहेको छ । तर साल्ट ट्रेडिङले उक्त सहकारीलाई १३०७ बाेरा मल दिएको भेटिएको छ।

घटना पश्चात् टुकी नेटवर्कसँग कुरा गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले कालो बजारी गरि मल बेच्ने व्यापारीललाई कार्वाही हुने बताउनुभएको छ।

उहाँले भन्नुभयो ,”हामी किसानलाई सहज र समानुपातिक हिसाबले आवाश्यकता अनुरुप मल वितरण गर्न भनिरहेका छौ, तर  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाका कर्मचारी र व्यापारीकाे मिलेमतोमा मलको अवैध धन्दा भइरहेको रहेछ ।” यसको गहिराई सम्म अनुसन्धान हुन्छ । अबका दिनमा यसरी व्यापारीलाई बढी मल दिने प्रकृया राेक्ने र दाेषीलाई हदैसम्म कानुनी कार्वाही हुने  प्रमुख गौतमकाे भनाइ रहेको छ।

प्रमुख गौतमले उक्त कार्यालयका कर्मचारी र व्यापारी दुवैलाई राखेर छलफल गरिने बताउदै सत्य तथ्य के हो?  छिटै पत्ता लगाउने विश्वास व्यक्त गर्नु भएको छ।  अब नियम विपरीत कुनै पनि सहकारी वा संस्थालाई मल नदिन कार्यलय प्रमुखलाई निर्देशन दिदै प्रत्येक दिन वितरण भएकाे  रेकर्ड आफुलाई उपलब्ध गराउन समेत आदेश दिनु भएको हो ।

कुनै पनि कृषि सहकारीले आफ्नो क्षेत्राधिकार बाहिर मल बिक्रीवितरण गर्न पाउने छैन । तर श्रेष्ठले वर्षौ देखि साे धन्दा चलाउदै आउनु भएको छ। कृषि मन्त्रालयका प्रतिनिधीहरु सहितकाे उपस्थितिमा उक्त मल बनेपाको उग्रचण्डि पेट्रोल पम्प अगाडिबाट समातिएको बनेपा प्रहरीले जानकारी दिएको छ।  छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly