काभ्रेपलान्चोक – बेथानचोक गाउँपालिकाको नारायण स्थानमा घुम्न जाने क्रममा भुम्लु गाउँपालिका वडा नं. ७ घर भइ धुलिखेल बस्दै आउनुभएको टन बहादुर खड्काको छोरा २२ वर्षको गोकुल खड्का भिर बाट खसेर हाल धुलिखेल अस्पतालमा उपचाररत हुनुहुन्छ ।

खड्काको आर्थिक अवस्था निकै कमजोर भएको कारण सबै लाई सकेको सहयोग गर्न अनुरोध गरिएको छ ।धुलिखेल नगरपालिका वडा न ७ ले नै आर्थिक सहयोग गरिदिन अपिल समेत गरेको छ ।     

राती भिरबाट खस्दा घाईते भएर धुलिखेल अस्पतालमा उपचारका लागि आर्थीक सहयोग आवस्यक परेका भुम्लु गाउँपालिकाको गोकुल खड्काको उपचारको लागि आर्शु स्मृति प्रतिस्ठान नेपालले निशुल्क उपचारको व्यवस्थापनको लागि धुलिखेल हस्पिटललाई पत्राचार गरेको छ ।

आर्शु स्मृति प्रतिस्ठान नेपालको हरेराम काफ्ले (रुपेश) ले धुलिखेल अस्पताल लाई पत्र नै काटेर सम्पूर्ण औसधि उपचार निशुल्क गरिदिन आग्रह गरेका छन् । हाल खड्काको निशुल्क उपचार भैरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly