विपन्न परिवारलाई खाद्यान्न सहयोग

काभ्रेपलान्चोक – नेपाली कांग्रेस तरुण विभाग निवर्तमान केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व सुधीर बैधको समुहले बनेपा नगरपालिका वडा नं. ४ देउला निवासी विपन्न परिवारहरु लाई खाद्यान्न सहयोग गरेका छन्।

नेपाली कांग्रेसका युवा नेता बैध विभिन्न सामाजिक कार्यमा अनवरत रुपमा लाग्ने गरेका छन । खुल्ला हृदय भएका उनी काभ्रे जिल्लाको एक उदाहरणीय ब्यक्ति हुन । रोगि, दीनदुखी , असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएका बैध एक उद्दारवादी युवा नेता भन्दा फरक नपर्ला ।

बिज्ञापन

बैधको समुह लगायत नेपाल तरुण दल बनेपा नगरपालिका वडा नं. ४ का वडा सभापति सालिम देउलाको विशेष पहलमा खाद्यान्न सामाग्री वितरण गरिएको हो । उक्त टोलिले बनेपा ४ शेरामा पनि एक विपन्न परिवारलाई खाद्यान्नको साथै नगद सहयोग गरेको नेपाल तरुण दल जिल्ला उप-सभापति बिजेन रंजितले जानकारी दिए ।

विपन्न परिवारहरुलाई चामल, तेल, नुन, मसला, चाउचाउ, बिस्कुट र नगद सहयोग गरेको नेपाल ट्रेड युनियन कांग्रेस काभ्रे बनेपा नगर सभापति संगम थापाले काभ्रे प्रेस लाई जानकारी दिए । उक्त टिमले युवा खेलाडीहरुलाई खेलमा प्रोत्साहन गर्ने उदेश्यले डोजर लगायर खेल मैदा सफा समेत गरेको थियो ।

नेपाल तरुण दल बनेपा नगर सभापति विवेक बैजुले नेपाल तरुण दल बनेपाले विपन्न वर्गका मानिसहरु लाई जुन सुकै परिस्थितिमा पनि सकेको सहयोग गर्ने बताए । उक्त खाद्यान्न वितरण कार्यक्रममा प्रदेश सभा २ ख को तरुण उप-सभापति हरि थापा लगायत नेपाल तरुण दलका युवाहरुको उपस्थिति रहेको थियो ।