काभ्रेपलान्चोक/काभ्रेपलान्चोक जिल्ला को दक्षिणी भेग बेथानचोक गाउपालिका वडा नम्बर ४ चलालमा अवस्थित श्री कालिका माध्यमिक विद्यालयमा पौष २६ गते शुक्रबार का दिन श्रीकृष्ण प्रणामि युवा परिषद नेपाल तथा चिनिया नागरिक Mr. सोङ , नेपाल अलिबाबा टुर एण्ड ट्रेक को सहयोगमा तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेको समन्वयमा न्यानो कपडा ,झोला,स्टेशनरी लगायत नगद सहयोग वितरण गरेको थियो

काभ्रेपलान्चोक जिल्लको दक्षिणी भेग बेथानचोक गाउपालिका वडा नम्बर ४ चलालमा २०८१ साल असोज १०-१२ गतेसम्म परेको अविरल वर्षाको कारणले ढुंखर्कका धेरै भक्तजन सुन्दरसाथहरुको जनजीवन प्रभावित भएको थियो। काभ्रेपलान्चोक जिल्ला ले उक्त भेगलाई संकटकालको घोषणा गरेको थियो। बेथानचोक गाउपलिका मा सबैभन्दा बढी प्रभावित स्कुलहरु मध्य मा रहेको श्री कालिका माध्यमिक विधालय धेरै प्रभावित भएको थियो। यो स्कुल लाई केही सेवा गर्नु पर्छ भनेर हामिले श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल को ५ सिद्धान्त मा रहि जहाँ विपत त्यहा युवा परिषद भन्ने नारालाई आत्मसात गर्दै यो कार्यक्रम गरेको श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य भिम बगाले जानकारी दिए।

कार्यक्रम चिनिया नागरिक Mr. सोङ प्रमुख अतिथिमा तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य भिम बगाले,मोहनमुकुन्द हुमागाईको विशेष अतिथीमा साथै श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति ललितपुर का उपाध्यक्ष सचिन्द्र महर्जन, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काठमाडौका पुर्व अध्यक्ष भरतराज मैनाली निबर्तमान उपाध्यक्ष मनमोल गजुरेल श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रे जिल्ला सचिव सन्तोष बजगाई, सदस्य सम्झना दाहालको को आतिथ्यतामा तथा उक्त बिद्यालयमा शिक्षक शिक्षिकाहरु लगायत अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुको बाक्लो उपस्थित रहेको थियो।

कार्यक्रम श्री कालिका माध्यमिक विद्यालयका साहायक प्रधानध्यापक बेदप्रसाद बजगाई ले संचालन गर्नु भएको थियो भने नेपाल अलिबाबा टुर एण्ड ट्रेक Pvt.Ltd का संचालक देबराज बजगाई को सभापतित्वमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly