सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ स्थायी घर भएका उनि हाल प्रबासमा रहेका छन् । प्रबासमा रहँदा निसासिएको मनलाई फुरुङ्ग बनाउन देवले नेपाली लोक तथा दोहोरी गीत संगीतको साथ् लिने गर्दछन् । गीत संगीतमा व्यवसायिकता नहुँदा पनि शेखापछी आफ्नो नाम जीवित रहोस् भन्ने सोचका साथ् उनले यस क्षेत्रका लागि कयौं लगानी खन्याएको बताउँछन् ।

“जाउँ त भने बाटैमा खोला” बोलको गीतमा स्वर देव श्रेष्ठ र रचना रिमालको सुन्न सकिन्छ । गीतलाई लय शब्द किरण गौतमले भरेका छन् । गीत मर्मस्पर्सी भएता पनि सुन्दा नाचौं नाचौं लाग्ने स्वादमा रहेको छ । काँठ क्षेत्रका गीत संगीत सोहि स्वरूपमा तयार हुने गर्दछन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी नितिन वाइवा, छायांकन चक्र बहादुर बराल र सम्पादन बिष्णु खड्काले गरेका छन् । गीतलाई किरण गौतम युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..