काभ्रे : बंगलादेशको बोगुरामा आयोजित तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा गोरु पर्वले उत्कृष्ट बृतचित्रको अवार्ड प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरु लम्साल निर्देशीत वृत्तचित्र गोरु पर्वले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् ।

चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रन्स, इजिप्ट, ट्युनिसिया लगायत बिभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको आयोजकले जनाएको छ । चलचित्र महोत्सव जनवरी २६ देखी २८ सम्म आयोजना भएको हो ।

नुवाकोटको तारुकामा हरेक बर्ष माधे सक्रान्तीको अवसरमा आयोजना हुने गोरु जुधाउने परम्परामाथी निर्मित वृत्तचित्र सिने मेकर्स नेपालको प्रस्तुतिमा केपी पाठकले निर्माण गरेका थिए ।

वृत्तचित्रमा सुशीलसिंह ठकुरीको पाश्र्वगायन र राजेन्द्र बजगाईँको पाश्र्वसंगीत रहेको छ भने रमेशकुमार धमला र ज्योति सिंहले खिचेको वृत्तचित्रको सम्पादन लव प्याकुरेलले गरेका हुन् ।

निर्देशक लम्सालले गोरु पर्व हाम्रो मौलिक संस्कृति भएको र यसलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा प्रयास मात्रै गरेको बताए । उनले भने, ‘हाम्रा हरेक पर्व र संस्कृतिहरुको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सक्छौँ ।’

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..