नेपालले चौथो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र २ कांस्य गरी १३ पदक जितेको छ।

बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भइ मंगलबार स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाइ दिएका छन्।

गणेश पाइजा, विनुमाया तामाङ, देवकुमार तामाङ र प्रेमप्रसाद नेपालले स्वर्ण जिते। विनुले थप १ रजत पनि जितिन्। राजकुमार पाइजा, लक्ष्मण पुन, विजल पाइजा, मन्दिप खड्का, श्रीकिशुन साह र समित महर्जनले रजत जिते। अमृत तामाङ र शम्भु नेपालीले कांस्य हात पारे।

प्रशिक्षकमा साइला गमाल, व्यवस्थापकमा रामकुमार थारु तथा अफिसियलमा सिताराम लामा, तेजेन्द्र पाइजा, पहलमान महर्जन र पुष्पाराज गिरी रहेका छन्। – मुकुल प्रेस बाट साभार

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….