काभ्रेपलान्चोक – बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा आज (शनिबार) बनेपा नगरपालिका वडा नं. पाँच र ९ को समाना मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वृक्षारोपण कार्यक्रम बनेपा सोसियल युथ काउन्सिलका सदस्यहरु सल्लाहकारहरु र स्थानीयहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बनेपा सोसियल युथ काउन्सिलको अध्यक्ष प्रोगेश श्रेष्ठले वातावरण संरक्षणमा स्थानीयको पनि सक्रियता रहनुपर्नेमा जोड दिनुभयो ।

‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै छ सात वटा विभिन्न जातका विरुवा रोपेको सल्लाहकार समितिका सदस्य सागर नाथ कपालिले काभ्रे प्रेस लाई जानकारी दिनुभयो । उहाँले भन्नू भयो हामीले आज देउराली डाँडामा आँप, कपुर, सुन्तला, रिठ्ठा, चाप, काइयो लगायतका बिरुवा रोपेको बताउनु भयो । उक्त संस्थाले सदैब समाजको लागि सामाजिक कार्यक्रम गर्दै आएको छ ।

वृक्षारोपण कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय यूवाहरुको सहभागिता रहेको थियो । यस क्लवले मौसम परिवर्तनको जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण, राष्ट्रव्यापी रूपमा सडक, पार्क तथा नदी सरसफाइजस्ता कार्यक्रमहरु पनि गर्दै आएको छ ।

उता वृक्षारोपण कार्यक्रममा बनेपा सोसियल युथ काउन्सिलको सल्लाहकार समितिका सदस्य साजन मुस्याजुले तापक्रम बढेर वातावरण असन्तुलन भइरहेका बेला गरिएको यस्तो खाले वृक्षारोपणले वातावरण सन्तुलनमा निकै महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो । साथै उहाँले विरुवा रोप्ने कार्यलाई सबै मिलेर निरन्तरता दिनुपर्नेमा पनि जोड दिनु पर्ने बताउनु भयो ।

बनेपा सोसियल युथ काउन्सिलको करिव १५० जनाको सहभागितामा तयार पारिएका खाल्डाहरु र ह्युमपाइपमा तयार पारिएका स्थानमा गरि करिव १५० वटा विरुवा रोपिएको छ ।

आज संसार भर पृथ्वीको अत्यधिक दोहनका कारण वातावरण असन्तुलित हुन गई केही स्थानमा खडेरी पर्ने, कतै अति वर्षा हुने तथा कतै अत्यधिक खडेरी भई मानिस तथा जीवजन्तुहरुको मृत्यु समेत हुने घटनाहरु भइरहेका छन् ।

वातावरण संरक्षणका लागि अति विकसित भनिएका देशहरुले पहल गर्नु पर्ने माग आज संसारभर उठिरहेका छन् । विकासका नाममा हुने अत्यधिक शहरीकरणका कारण पृथ्वी तात्दै गइ वातावरणमा खराव असर देखा पर्न थालेकाले त्यस्ता कृयापलापहरु कम गर्ने काममा विकसित देशहरुले पहल लिनु पर्ने भएको हो ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..