काभ्रेपलान्चोक – काभ्रे जिल्लाको विकट क्षेत्रको रुपमा चिनिने भुम्लु गाउँपालिका को जनता सरकारले गरेको निर्णय प्रती निराश भएका छन। नेपाल सरकारले भुमि आयोग खारेज गरे पछि उनीहरु निराश भएका हुन । भुम्लु गाउँपालिका एक नागरिक नारायण उप्रेतीको यस्तो भन्नू हुन्छ भुम्लु ७ र ८ वडाको जग्गा धनी पुर्जाको समस्या समाधानका लागि के हुदैछ ? यो समस्या समाधानकालागि यहाँका कृयाशिल राजनैतीक दलको धारणा के हो ? स्थानीय, प्रदेश,र संघमा समेत एउटै पार्टीको सरकार रहदा समेत किन समस्या समाधान हुन सकेन ? पुर्जा नहुदा आफ्नो जग्गामा रहेको रुखहरु बिक्री गर्न पाईएन ,जग्गा किनबेच रोकिएको छ ,भएको जग्गा जमिन को सदुपयोग गरेर पेशा ब्यबसाय संचालन गर्न पाईएन।पंचायत ,बहुदल,र गणतन्त्रमा समेत यो समस्याले निकास पाएन सधै भोटको राजनिती मात्रै बन्यो भने राज्य के का लागि ?

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..