काठमाण्डौं ।
काभ्रेको तेमाल गाउपालिका बाट गाउँपालिको आगामी स्थानिय तहको निर्वाचनमा नेपाली हास्य जगतमा चर्चित पात्र हुन कलाकार प्रदिप पाठक नक्कली प्रचण्ड उठ्ने भएका छन । सानै देखि अभिनयमा लागे । धेरैले उनी प्रचण्ड को क्यारिकेचर गरेर दर्सकलाइ मनोरञ्जन दिएका उनी कतिपय दर्सक ले माओबादिकै पार्टीका हुन कि भनेर नि भन्छन ।

तर बास्तबमा उनी एमालेबाट आफ्नै गाउँ जन्मथलो काभ्रे जिल्लाको तेमाल गाउँपालिका अध्यक्ष मा चुनाब लडदै छन । परिवार एमाले मा रहेका कलाकार पाठक पनि सानै स्कुले जीवन देखिनै एमाले मै रहेछन । रोल माओबादिको गरेतापनी एमाले का हरेक कार्यक्रम मा पुगेको उनिले बताए । सबैको सल्लाह अनुसार उहा एमालेबाट आफ्नै गाउपालिका बाट चुनाब लडदै रहेछन । उनी भन्छन मलाइ जसरी कलाकारितामा दर्सकहरुले मन पराइदिनु भयो, आफ्नै गाउपालिका का जनताहरुले नै मलाइ जिताउनु हुनेछ भन्ने पूरा बिश्वास छ । नक्कली प्रचण्ड प्रदिप पाठक दर्जनौ सिरियल मा साथै ४–५ वटा ठुलो पर्दाको फिल्म मा समेत काम गरिसक्नु भयो । उहाले बार्हमासे नामक चलचित्र पनि लेखन निर्माण गर्नुभयो भने उहाले आफैले निर्देशन गरेको फिल्म ठुलो माछा पनि रिलिज को तयारिमा रहेको छ ।
उनी वास्तविक रुपमा प्रचण्ड नभई प्रचण्ड कै नक्कल गर्ने कलाकार प्रदिप पाठक रहेका छन ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..