काभ्रेपलान्चोक – काभ्रे ट्राफिक प्रहरीले सचेतना मुलक कक्षा संचालन गरेको छ । काभ्रे ट्राफिक प्रहरीले विभिन्न समयमा हरेक खाले सामाजिक गतिबिधि गर्दै आएको छ । पछिल्लो समय ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित जिल्ला ट्राफिक प्रहरी काभ्रे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेको छ ।

आज जिल्ला प्रहरी कार्यालय धुलिखेल, काभ्रेको सभाहलमा बढ्दो सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सवारी दुर्घटना न्युनिकरणको लागी मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक नियम पालना नगर्ने तथा लापरवाहीका साथ सवारी चलाउने चालकहरुलाई सुरक्षित सडक प्रयोग गर्न , ट्राफिक संकेत, लेन अनुशाससन, जथाभावी पार्किङ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउदाको परिणामको बिषयमा ट्राफिक सचेतना मुलक कक्षा संचालन गरिएको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । ट्राफिक प्रहरीले यो भन्दा पहिला दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..