कांग्रेस काभ्रेलाई झट्का : युवा नेता दिपेन्द्र पौड्यालद्वारा पार्टी परित्याग

काभ्रे । नेपाली कांग्रेस काभ्रेका युवा नेता दिपेन्द्र पौड्यालले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । उनले मंगलबार पार्टीबाट राजीनामा दिएको जानकारी सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि कांग्रेसको राजनीति गर्दै आएका पौड्याल युवामाझ सक्रिय तथा स्पष्ट वक्ताका रूपमा परिचित थिए । उनको राजीनामासँगै काभ्रे कांग्रेसभित्र राजनीतिक तरंग उत्पन्न भएको छ।

बिज्ञापन

पौड्यालले व्यक्तिगत तथा राजनीतिक कारणले पार्टी छाड्ने निर्णय गरेको बताएका छन् । यद्यपि उनले अबको राजनीतिक यात्रा कुन दल वा धारसँग जोडिने भन्नेबारे खुलाएका छैनन् ।

उनको बहिर्गमनलाई काभ्रे कांग्रेसका लागि एक महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । स्थानीय तहदेखि संगठन निर्माणसम्म सक्रिय भूमिका खेलेका पौड्यालको निर्णयले जिल्लाको राजनीतिक वृत्तमा चासो बढाएको छ ।