

बैशाख १३ गते आइतबार
भक्तपुर, साना साना विद्यार्थीहरुलाई शुद्धसँग उच्चारण गर्न सिकाउन वी क्यान नेपाल एजुकेशनल नेपालले ले प्री प्राइमरी शिक्षककाे लागि एकदिने ब्लेन्डिङ फाेनिक्स तथा क्लाकाेठा व्यवस्थापन तालिम दिएको छ ।

वी क्यान एजुकेशनल नेपाल भक्तपुरको आयोजनामा प्री–प्राइमरी तहमा अध्यापन गराउने शिक्षक/शिक्षिकाहरूका लागि “ ब्लेन्डिङ फाेनिक्स तथा क्लाशरुम व्यवस्थापन तालिम ” सम्बन्धी एकदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।


कार्यक्रममा वी क्यान नेपालका अध्यक्ष रमेश प्रसाद सिटाैलाले ब्लेन्डिङ फाेनिक्स र कक्षाकाेठा व्यवस्थापन को महत्वबारे विशेष जोड दिदै प्रारम्भिक उमेरका बालबालिकामा सही ध्वनि उच्चारण (शुद्ध उच्चारण) सिकाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष सिटौलाले भने, “भर्खर बोल्न सिक्दै गरेका नानीबाबुहरूलाई सुरुदेखि नै सही शब्द उच्चारण गराउने हो भने उनीहरूको भाषा विकास सुदृढ हुन्छ ।”
सिटौलाले निरन्तरको मेहनत, अभ्यास र लगनशीलताले मात्र यस किसिमको शिक्षण पद्धति सफल हुने धारणा राखे ।शिक्षकहरूले नियमित अभ्यास, धैर्यता र बालमैत्री विधि अपनाएमा मात्र बालबालिकामा प्रभावकारी सिकाइ सुनिश्चित गर्न सकिने धारणा उनको थियोे साथै, प्रभावकारी कक्षाकोठा व्यवस्थापनले बालबालिकालाई सिकाइप्रति आकर्षित गराउने र अनुशासित वातावरण सिर्जना गर्ने भएकाले यी दुवै पक्ष (Phonics र Classroom Management) प्री–प्राइमरी शिक्षाको आधार स्तम्भ भएको सिटाैलाकाे कथन थियोे ।
शिक्षाविद वी क्यान एजुकेसनल नेपालका सचिव कमलबहादुर सुवालकाे आातिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको उद्घाटन जागृति विद्याकुञ्जका प्रधानाध्यापक जगदिश पाैडेलले प्रशिक्षक अनुराधा श्रेष्ठलाई माइक्रोफोन हस्तान्तरण गर्दै गरेका थिए ।
तालिमकी प्रशिक्षक श्रेष्ठले ब्लेन्डिङ फाेनिक्सको प्रयोगबाट बालबालिकामा ध्वनि र अक्षर मिलाएर शब्द निर्माण गर्ने सीप विकास गर्ने विधि व्यावहारिक रूपमा प्रस्तुत गरेकी थिइन् ।
श्रेष्ठले कक्षाकाेठा व्यवस्थापन सम्बन्धी प्रभावकारी रणनीतिहरू सिकाउँदै बालमैत्री र अनुशासित सिकाइ वातावरण कसरी बनाउने भन्ने विषयमा समेत प्रशिक्षण प्रदान गरेकी थिइन् ।
शिक्षा सेवी वी क्यान नेपालका सदस्य अनिश खत्री तथा सभ्यता शिक्षालयका प्रधानाध्यापक तुलसी भेट्वालकाे समुपस्थितिमा सम्पन्न कार्यक्रममा पाथिभरा एकेडेमी, सभ्यता शिक्षालय, आरक्षण नेशनल एकेडेमी, रितम्भरा पाठशाला कलेज, जागृति विद्याकुञ्ज, शिक्षा अंग्रेजी स्कुल, प्रसादी पाठशाला तथा पारिजात स्कुलका प्री–प्राइमरी तहमा अध्यापन गराउने शिक्षक/शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षक/शिक्षिकाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। उक्त तालिम कार्यक्रमले प्री–प्राइमरी शिक्षामा गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
शर्मिला प्रधानांगकाे समन्वयमा सम्पन्न कार्यक्रम सञ्चालन लक्ष्मी प्रधानांगले गरेकी थिइन् ।


