
बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपाको वार्षिक कार्यक्रमअन्तर्गत शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सहकारी संस्थाको ३१ औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका प्राविधिक राधा थापाको नेतृत्वमा सम्पन्न भएको हो।

कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा कुल ४८ जना रक्तदाताहरूले रक्तदान गरेको जानकारी मनकामना साकोसका अधिकृत सुजन जंगमले दिनुभएको छ।


मानव सेवालाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी, रक्तदाताहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।


