‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ सम्पन्न, चार विधामा चार विजेता

काठमाडौँ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । बालबालिकाको प्रतिभा पहिचान र निखार्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा जुनियर र सिनियर गरी चार विधामा चार जना विजेता चयन गरिएको छ ।

जुनियर केटातर्फ रिवान बस्नेत र जुनियर केटीतर्फ आरुसी बुढाथोकी शीर्ष विजेता घोषित भए । त्यसैगरी, सिनियर केटातर्फ इङ्गसोजंग थापा र सिनियर केटीतर्फ मानस्वी बस्नेत ले उपाधि जित्न सफल भए । विजेताहरूले उपाधिसँगै विभिन्न अवसर तथा पुरस्कारसमेत प्राप्त गरेका छन् ।

बिज्ञापन

प्रतियोगितामा जुनियर केटातर्फ शिवांशु अर्याल सेकेन्ड रनरअप र प्रान्शु बस्नेत फस्ट रनरअप घोषित भए । जुनियर केटीतर्फ अलिमा थापा फस्ट रनरअप, शुभानी पाण्डे सेकेन्ड रनरअप, अनिता महर्जन थर्ड रनरअप तथा क्यारिन बाडेकर फोर्थ रनरअप बने ।
सिनियर केटातर्फ ब्रायन श्रेष्ठ फस्ट रनरअप र शिबाम्सु कटेल सेकेन्ड रनरअप घोषित भए भने सिनियर केटीतर्फ सुशासिका घर्तीमगर फस्ट रनरअप, डिजा आभा तिम्सेना सेकेन्ड रनरअप, इभानी पुन मगर थर्ड रनरअप र रेनेश्मी स्थापित फोर्थ रनरअप बन्न सफल भए ।

अन्तर्राष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टमसहित आयोजना गरिएको प्रतियोगिताको निर्णायक मण्डलमा होमनाथ आचार्य, सन्तोष दाहाल, बुनु राई, सुरैया शाक्य र कल्पना त्रिपाठी रहेका थिए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु ले गरेका थिए । प्रतियोगीहरूको ड्रेस डिजाइन श्रीषा बैदार ले गरेकी थिइन् ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुका अनुसार प्रतियोगिता बालबालिकालाई आत्मविश्वासी बनाउँदै भविष्य निर्माणतर्फ सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको हो । ‘मिलिनियम किड्स इन्टरनेशनल’ प्रतियोगिताको यो चौथो संस्करण हो ।