युवा संघ काभ्रेद्वारा वृक्षारोपण, करिव दुई सय विरुवा रोपियो

 

काठमाडौं । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीले वृक्षारोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको देशव्यापी अभियान अन्तर्गत वृहत वृक्षारोपण गरिएको हो ।

बिज्ञापन

बनेपा नगरपालिका ६ बडोल खत्रीगाउँ नजिकै रहेको सामुदायिक वनमा वृक्षारोपण गरिएको पार्टी जिल्ला कमिटीका अध्यक्ष राजन भुर्तेलले बताउनुभयो ।

जिल्लाको १३ पालिकामै केन्द्रको अभियान अन्तर्गत वृक्षारोपण, रक्तदानलगायत रचनात्मक कार्यक्रमहरु गरिने जिल्ला अध्यक्ष सीबी तामाङले बताउनुभयो ।

उहाँका अनुसार संगठनको पहिलो जिल्ला कमिटी बैठकमा गरिएका कार्ययोजनाहरु क्रमशः अगाडि बढाइने तयारी छ । सुन्तला, कागती र विभिन्न जातका वनस्पति प्रजातीका फूलहरु गरेर करिव दुई सय विरुवा रोपिएको छ ।

वृक्षारोपण कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा युवासंघ काभ्रे इन्चार्ज इश्वर बल्लभ सापकोटा, पार्टी प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, संगठनका केन्द्रिय सदस्य एवं आर्थिक विभाग उपप्रमुख मिलन सागर लामा, जिल्ला कमिटी सचिव राजकुमार सापकोटा, उपसचिव रत्नकुश रन्जितकारलगायत प्रदेश जिल्ला तहका नेता, जिल्ला तथा पालिका कमिटीका युवाहरुको सहभागिता रहेको थियो ।