तीज पर्वको अवसरमा ‘Teej Fashion Runway (Vol–2)’ हुँदै, मौलिकता र संस्कृतिको संरक्षणमा जोड

काठमाडौं – हरेक वर्षझैं यस वर्ष पनि INTA Attire द्वारा ‘Teej Fashion Runway (Vol–2)’ भव्य रुपमा आयोजना हुने भएको छ। बुढानिलकण्ठ स्थित चिसनी ह्यापी हिल रिसोर्ट आयोजना हुन गइरहेको यस कार्यक्रमको मूल उद्देश्य नेपाली महिला दिदीबहिनीहरूको महान चाड तीज को सांस्कृतिक, धार्मिक तथा परम्परागत महत्वलाई नयाँ पुस्तामा उजागर गर्नु रहेको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमकी आयोजक तथा सुप्रसिद्ध फेसन डिजाइनर Inta Shrestha ले प्रत्येक वर्ष तीजको अवसरमा आफ्ना मौलिक डिजाईन र संस्कृति झल्किने फेसन कलेक्सनमार्फत नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय तहमा चिनाउने प्रयास गर्दै आएकी छन्। यस वर्ष पनि “संस्कृति, मौलिक आस्था र पहिचानको संरक्षण” भन्ने मूल मन्तव्यका साथ फेसन रनवे प्रस्तुत गर्न लागिएको हो।

बिज्ञापन

विशेषगरी महिला दिदीबहिनीहरूलाई लक्षित गरिएको यस इभेन्टमा यसपालि थप आकर्षणस्वरूप “ Kids हरु पनि Runway” मा समावेश गरिनेछ, जसले साना बालबालिकालाई पनि हाम्रो मौलिक संस्कार र परम्परासँग जोड्ने प्रयास गर्नेछ।

Teej Fashion Runway (Vol–2) केवल फेसन शो मात्र नभई नेपाली संस्कार, संस्कृति र समर्पणलाई नयाँ पुस्तासँग जोड्ने सशक्त माध्यम बन्ने अपेक्षा गरिएको छ।