



काठमाडौं । प्रियसी म्यूजिकको आयोजनामा सम्पन्न ‘चौथो सिल्भर म्यूजिक अवार्ड २०२५’ मा कला पत्रकारितामा योगदान पु¥याउने सबिता पोखरेललाई विशेष सम्मान प्रदान गरिएको छ। चलचित्र विकास बोर्डको हलमा आयोजित भव्य समारोहमा पोखरेललाई “कला पत्रकारिता सम्मान” बाट सम्मानित गरिएको हो।



संघीय सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ३० विधामा अवार्ड वितरण गरिनुका साथै गीतसंगीत र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

सबिता पोखरेल नेपाली सञ्चार जगतमा समर्पित, कर्मठ र जिम्मेवार पत्रकारको रूपमा परिचित छन्। उनी विगत लामो समयदेखि नेपाली गीतसंगीत तथा चलचित्र क्षेत्रको प्रचारप्रसार र विकासमा निरन्तर क्रियाशील छिन्। उनका कलमले नेपाली सांगीतिक क्षेत्रका कलाकारहरूको संघर्ष, सिर्जना र सफलतालाई उजागर गर्दै आएको छ।
कार्यक्रममा ऋषि थपलियालाई पत्रकारिता सम्मान र गीता अधिकारीलाई समेत कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो। म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठको सभापतित्वमा सम्पन्न अवार्ड कार्यक्रममा कलाकार, पत्रकार, निर्देशक तथा संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।
सबिता पोखरेलको यो सम्मानले समग्र कला पत्रकारितामा प्रेरणा थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।