काठमाडौं, असार ७ – तारकेश्वर क्लब ६० का अध्यक्ष, पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्वास्थ्य सेवा प्रवर्द्धनमा सक्रिय छन्। उनले काठमाडौं, ललितपुर र भक्तपुरका अस्पतालहरूसँग समझदारीपत्र (MOU) गर्दै आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाबाट वञ्चित व्यक्तिहरूको निःशुल्क उपचारमा उल्लेखनीय योगदान दिइरहेका छन्।
थापाले हाल ॐ समाज डेन्टल अस्पतालसँग सहकार्य गर्दै प्रत्येक दिन सञ्चालन हुने दुर्लभ स्वास्थ्य क्याम्पहरू व्यवस्थापन गरिरहेका छन्। अन्य अस्पतालहरूले सिमित अवधिमा मात्रै क्याम्प सञ्चालन गर्ने गरे पनि, थापाको पहलमा ॐ समाज डेन्टल अस्पतालले दैनिक रूपमा सेवा प्रदान गर्दै आएको छ। यी क्याम्पहरूमा विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहने भएकाले सेवाको गुणस्तर पनि उच्च रहेको छ।
स्वास्थ्य सेवा अभियानलाई अझ प्रभावकारी बनाउन उनले नेपालका ख्यातिप्राप्त वरिष्ठ चिकित्सक डा. सुवास घिमिरेसँग समेत सहकार्य गरिरहेका छन्। सामाजिक सेवा क्षेत्रमा जीवन समर्पण गरेका डा. घिमिरेको सहयोगमा आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बिरामीहरूलाई निःशुल्क उपचार दिलाउने कार्यमा थापा सक्रिय छन्।
उनको नेतृत्वमा हालसम्म विद्यार्थी, वृद्धवृद्धा, महिला तथा श्रमिक वर्गका नागरिकले दाँत, आँखा, रक्तचाप, मधुमेह परीक्षणदेखि औषधि वितरण सम्मका सेवा पाएका छन्। उनी टोलटोलमा पुगेर पनि स्वास्थ्य क्याम्प सञ्चालन गर्दै जनताको घरदैलोमै सेवा पुर्‍याउने अभियानमा जुटिरहेका छन्।
राजन थापाको सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश फैलाउँदै गएको छ। स्थानीयबासी, चिकित्सक तथा स्वयंसेवकहरूले उनको पहलको प्रशंसा गर्दै यसलाई स्वास्थ्य पहुँच विस्तारको एउटा प्रेरक अभियानका रूपमा हेर्न थालेका छन्।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly