भुम्लु गाउँपालिका वडा नम्बर २ सिम्थलीमा रहेको अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमा लगाएको ताला खुलेको छ । भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्र मान तामाङको नेतृत्वको टोलिले सहमति पछाडि ताला खुलाएको हो ।

शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले गेटमा तालाबन्दी लगाएका थिए । अरुणोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति पुनर्गठन गर्ने र अरुणोदयका शिक्षक गजेन्द्र सञ्जेललाई भुम्लु गाउँपालिका वडा नम्बर ३ मा रहेको वनदेवी माध्यमिक विद्यालयमा सरुवाको सहमतिमा ताला खुलाइएको छ ।

भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्र मान तामाङको नेतृत्वको टोलि, विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन सिमितको पदाधिकारी, भुम्लु गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष सुजन भण्डारी, भुम्लु गाउँपालिका शिक्षा शाखा बाट राम कुमार कायस्थ, शिक्षा समिति लोक बहादुर, प्रेम कृष्ण श्रेष्ठ, भोजराज उप्रेती, सामाजिक बिकास समितिको अंचल मोक्तान लगायतको उपस्थितिमा उक्त सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly