काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गर्ने प्रक्रिया अघि बढाउँदै विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिरहेको छ। पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतबाट घोषणापत्रका लागि सुझाव लिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार केही जनवर्गीय सङ्गठनका प्रतिनिधिहरू कार्यालयमै आएर सुझाव दिएका छन् भने कतिपयले इमेलमार्फत आफ्ना सुझाव पठाएका छन्। […]

