काभ्रेको बनेपामा १०, ११ र १२ गते तीन दिन रैथाने खाना महोत्सव
काभ्रे जिल्लाको बनेपामा रैथाने खाना महोत्सव हुने भएको छ । माइ चण्डेश्वरी जात्राको अवसरमा महोत्सव हुने भएको हो ।
काभ्रे होटल तथा रेष्टुरेन्ट तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । मंगलबार एक पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएका हुन । आगामी हेठ १०, ११ र १२ गते तीन दिन रैथाने खाना महोत्सव हुने पत्रकार सम्मेलनमा जानकारी दिएका छन...