तामाङ पत्रकार संघ, काभ्रेले गर्यो स्थानीय तहका जनप्रतिनिधि लाई बधाई तथा सम्मान
काभ्रेपलान्चोक - तामाङ पत्रकार संघ, काभ्रेले स्थानीय तह निर्वाचन–२०७९ मा तामाङ समुदायबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूलाई सम्मान गरेको छ । बुधवार निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले तामाङ भाषामा पाठ्य पुस्तक बनाएर विद्यालयमा लागु गरेको उल्लेख गर्दै त...