पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द

पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द
काभ्रेपलान्चोक - पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने भएका छन । शनिबार काभ्रेको पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने काभ्रे वितरण केन्द्रले सूचना जारी गरेको छ । बनेपा–पनौती सडक आसपास ११ केभीको डबल फिडरहरू सार्नु पर्ने भएकाले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले बताएको छ । बिहान १० बजेदेखि ६ बजेसम्म विद्युत सेवा बन्द हुने छ। पनौत...

प्रहरी चौकी पनौतीद्वारा घरेलु मदिरा नष्ट

प्रहरी चौकी पनौतीद्वारा घरेलु मदिरा नष्ट
काभ्रेपलान्चोक - पनौती प्रहरी चौकीले अबैद्य रुपमा बेचविखन हुदै आएको घरेलु मदिरा नष्ट गरेको छ । मदिराको कारण अपराधिक गतिविधि बढेको भन्दै प्रहरी चौकी पनौतीले एक हजार लिटर मदिरा नष्ट गरेको छ । नगरभित्रका विभिन्न मदिरा पसलबाट बरामद गरेको उक्त मदिरा आज (विहीबार) जनप्रतिनिधि, स्थानीयको रोहवरमा प्रहरीले नष्ट गरिएको हो। प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोष बानियाँले पनौती नगरपालिका ...

सामाजिक सुरक्षा भत्ता बाँड्न घरघरमा नगर प्रमुख तिमल्सिना

सामाजिक सुरक्षा भत्ता बाँड्न घरघरमा नगर प्रमुख तिमल्सिना
भकुण्डेबेशी - नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफैं नगरबासीको घरघरमा पुग्न थालेका छन् । नमोबुद्ध नगरपालिकाले अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । सोही क्रममा नगर प्रमुख तिमल्सिना आफैं विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक भएका हुन् । नगरका जेष्ठ...

पक्राउ परे दाम्लोले बाँधेर युवालाई कुट्ने वडाध्यक्ष

पक्राउ परे दाम्लोले बाँधेर युवालाई कुट्ने वडाध्यक्ष
काभ्रेपलान्चोक - दाम्लोले बाँधेर युवालाई कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका हुन । वडाध्यक्ष नेपालीले साउन १५ गते स्थानीय युवा सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनलाई आज जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।  

देशभरको मौसम बिहीबार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

काभ्रेपलान्चोक – देशभरको मौसम बिहीबार आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहीबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही...

२४ घण्टामा ४१०७ जनामा कोरोना पुष्टि, नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र

२४ घण्टामा ४१०७ जनामा कोरोना पुष्टि, नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र
काभ्रेपलान्चोक - लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २९८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना

काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना
काभ्रेपलान्चोक – काभ्रेली कलाकार एवम् खलनायक मुकुन्द थापालाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् घाँटीको समस्या देखिएपछि उनलाई मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल भर्ना गरिएको थियो । घाँटी भित्र गिर्खा पलाएको कारण उनको बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले बताए ।उनका अनुसार कलाकार संघको एक टोली मंगलबार उनको स्वास्थ्य अवस्था बु...

नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने

नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने
भकुण्डेबेशी – नमोबुद्ध नगरपालिकामा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाइएको छ । नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नगरभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका विषयमा छलफलत सुरु भएको छ । सोही क्रममा आज बुधबार नगरपालिकामा नगर प्रमुख टिपी शर्मा तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाबीच छलफल सम्पन्न भएको छ । छलफलले नगरपालिकाभित्र पशु विज्ञान अनु...

गरिमासँग तीनपटक विहे भयो; पलको जवाफ

गरिमासँग तीनपटक विहे भयो; पलको जवाफ
काभ्रेपलान्चोक -  पल शाहको नाम धेरै मोडल र अभिनेत्रीसँग जोडियो । आँचल शर्मा, वर्षा राउत, रियाशा दाहाल, मलिका महत र गरिमा शर्मासँग उनको केमेस्ट्रीको चर्चा हुने गरेको छ । तर, पलको चर्चा गरिमासँग विशेष हुने गर्छ । किनभने, यो जोडीले पछिल्लो समय हिट गीतहरु पस्किइरहेको छ । यही मेसोमा पल र गरिमा फिचर्ड गीत ‘एउटा सपना छ’ मंगलबार इन्टरनेट रिलिज भएको छ । राजधानीमा आयोजित प्रेसम...

काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुदै

काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुदै
बनेपा - काभ्रेको बनेपामा “काभ्रे फेस्ट -सिजन २”आयोजना हुने भएको छ । “काभ्रे फेस्ट -सिजन २” को अडिसन यहि आउदो श्रावन २३ गते शनिबारको दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डको पालना गरि आयोजना हुने भएको छ । मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि “काभ्रे फेस्ट -सिजन २” मा एउटा सुनौलो अवसर रहनेछ ।पारिवारिक परिस्थितिला...