राजन लम्साल लायन्स अन्तर्राष्ट्रिय निर्देशक ईण्डोर्सीमा निर्वाचित
राजन थापा काठमाडौँ, जेष्ठ २४ लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको अन्तर्राष्ट्रिय निर्देशक ईण्डोर्सी पदका लागि राजन लम्साल भारी मतान्तरसहित निर्वाचित भएका छन्। शनिबार काठमाडौँको प्रज्ञा भवन, कमलादीमा सम्पन्न निर्वाचनमा लम्सालले खगेन्द्र सिटौलालाई पराजित गर्दै विजयी हासिल गरेका हुन्।
निर्वाचनमा लम्सालले १,३८७ मत प्राप्त गर्दा सिटौलाले ५३१ मत ल्याए। कुल २,३७१ मतभारमध्ये ...