नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२ समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै शनिबार समापन भएको हो ।
औपचारिक समापन समारोहका प्रमुख अतिथिका रुपमा अर्थमन्त्री जनार्दन शर्माले रङ्गकर्मीको प्रयासबाट नेपालमा रङ्...