नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धुलिखेलमा, अहिलेको सरकारले प्राविधिक शिक्षालाई खत्तम बनाउन अध्यादेश दियो
काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई अलच्छिनाहरुको संज्ञा दिनुभएको छ ।
आज काभ्रेको धुलिखेलमा नेकपा एमाले काभ्रेको जिल्ला अधिवेशनलाई संवोधन गर्नुहुँदै अध्यक्ष ओलीले वर्तमान सरकार विर्गान, भत्काउन मात्र आएको बताउनुभयो ।
वर्तमान सरकार आएपछि जनताले आफूले राख्न दिएको पैसा बैंकमालिन जाँदा समेत पाउन नसकेको उहाँले बताउनुभयो । ‘जनताले आफैले कमाएर राख्न दिएको पैसा...